Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टक्सार पिखुवा खोला हाइड्रोपावरको सिइओमा सिलवाल नियुक्त


ग्लोबल पाना
बुधबार, पुस ४ २०८०
  • 258
    SHARES

  • images
    टक्सार पिखुवा खोला हाइड्रोपावरको सिइओमा सिलवाल नियुक्त

    काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे । उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ ।

    images
    images
    images

    टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए । उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पखार्ईमा रहेका छन् ।

    कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ । आईपीओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिसकेको छ ।

    कम्पनीको भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ । आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने कम्पनीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ