Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बाल सङ्गठनलाई कामपाको ३० लाख सहयोग


ग्लोबल पाना
बिहीबार , पुस ५ २०८०
  • 273
    SHARES

  • images
    बाल सङ्गठनलाई कामपाको ३० लाख सहयोग

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि रु ३० लाख रकम प्रदान गरिएको हो । सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।

    images
    images
    images

    चालु आर्थिक वर्षमा सङ्गठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले रु ५० लाख उपलब्ध गराउनेछ । उपप्रमुख डङ्गोलले यसमध्येको ३० लाख, सङ्गठनको अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन् ।

    यस क्रममा उपप्रमुख डङ्गोलले भनिन् “लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन । बाल सङ्गठन व्यवस्थापनको मुख्य दायित्व सङ्घ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।”

    सङ्गठनकी अध्यक्ष न्यौपानेले, सङ्गठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ