काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला अर्को कार्यकालका लागि पुनः नियुक्त भएकाछन् । पौष ५ गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
उनको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकको वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


