Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी


ग्लोबल पाना
शनिबार, पुस ७ २०८०
  • 324
    SHARES

  • images
    टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी
     

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् । 

    images
    images
    images

    डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो । टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता सहज रूपमा यसमा आबद्ध थिए ।चलचित्र निर्माता तथा हास्य कलाकार दीपकराज गिरी नेपाली समाजमा टिकटक रमाइलोसँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको स्मरण गर्छन् ।

    गीतमा लिपसिंक गर्दै बनाइने टिकटक भिडियो नेपाली फिल्मको व्यापार बढाउने माध्यम बनिसकेका थियो,' उनले भने, 'बिना पैसा धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक सही ढङ्गमा प्रयोग गर्न सके फलदायी हुन्छ । यसको माध्यमबाट व्यापार पनि फस्टाउँदै गएको थियो । तर सरकारले यसको आवश्यकता महसुस गर्न सकेन ।' आजको नागरिक दैनिकमा समाचार छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ