Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

'आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन' कार्यक्रम सम्पन्न


ग्लोबल पाना
आइतबार, पुस ८ २०८०
  • 279
    SHARES

  • images
    'आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन' कार्यक्रम सम्पन्न

    झापा । आन्तरिक पर्यटनलाई प्रर्वधन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु आवश्यक रहेकाले पछिल्लो समय पर्यटन व्यवसायी देखि जनप्रतिनिधिका साथै विभिन्न संघ संस्थाले पर्यटन लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । यसैबिच, श्री बोलोचौक बहुउदेश्यीय सहकारी संस्था लि.ले पनि ''आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन'' कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    गत मंङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आयोजित आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन कार्यक्रम बोलोचौक देखी पाँउ पाथीभरा दर्शन, बहिनी पाथीभरा इलाम दर्शन, कन्याममा सम्मान कार्यक्रमका साथै श्री अन्नतुको भ्रमण गरि समापन भएको अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले जानकारी दिए ।

    भ्रमण रमाइलो गर्न मात्र नभइ पर्यटकीय क्षेत्रको प्रचार गर्दै कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप भएकोले यस्ता खालका कार्यक्रमले सरकारको सन् २०२५ भित्र कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्यमा थोरै मात्र भएपनि सहयोग गर्ने उनी बताउँछन् । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् ।

    कलकलाउँदा चियाका मुना र शान्त वातावरणकै कारण सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडामा पुगेका संस्थाका कर्मचारीहरु प्रफुलित देखिन्थ्ये । श्री अन्तुको चुचुरोमा पुगेर झुल्केघामसँगै विभिन्न हिमालको दृश्यावलकोन गर्न सकिन्छ ।

    कार्यक्रममा सहभागी भएको उपलक्ष्यमा प्रमुख अतिथि शिवसताक्षी ४ का वडा सदस्य सुमनलाल शाहले १५ जना सम्मान पत्र हस्तान्तरण गरेका थिए । सम्मानित सहभागीहरूमा जुनु कुमारी ताजपुरीया, सुनिता राजवंशी,अञ्जली ताजपुरीया, समीक्षा ताजपुरीया, दुर्गा ताजपुरीया, सुनिता राजवंशी, सुमनलाल साहु, पूर्ण कुमार साह, राजु ताजपुरीया, हिमांशु ताजपुरीया , आश्मा ताजपुरीया, भिवन ताजपुरीया, शम्भु कालिकोटे लगायत रहेको कार्यक्रम संयोजक पूर्ण कुमार साहले जानकारी दिए ।

    सन् २०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौ, नेपाल चिनौ’ भन्ने नारा सहित अभियान सञ्चालन गरिनेसमेत यस आर्थिक् वर्षको बजेटमा उल्लेख नै गरिएको छ। यसरी विभिन्न संघ संस्थाले आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन कार्यक्रम स्वरुप कार्यक्रमहरु आयोजना गर्ने हो भने सरकारको लक्ष पुरा हुने निश्चित छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ