काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज १ बजेदेखि मतदानको कार्यक्रम रहेको छ । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।
संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो । बन्द सत्रमा महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनमाथि घनीभूत छलफल तथा प्रतिनिधिहरुको राय सल्लाह र सुझाव सहित पारित गरिएको थियो ।
नेफ्स्कूनको निर्वाचन अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने रहेकाे प्रावधान छ ।
त्यस्तै उम्मेद्वारीकाे सिलिसलामा गण्डकी प्रदेशवाट रामजी कंडेल सन्चालक पदमा उम्मेद्वार मनाेनयन हुनु भएकाे छ । नेफ्स्कुकाे संगठनात्मक, सुदृढिकरण र सुसासनका लागि उम्मेद्वारी दिएकाे कंडेलले बताउनु हुन्छ । उँहा विगत २०७५ साल देखि संचालक समितिकाे अध्यक्षकाे रुपमा कार्यरत हुनुहुन्छ ।
कंडेलले समस्यामा रहेका सहकारीहरुकाे समस्या समाधानका लागि गम्भीरता पूर्वक निराकरण गर्ने पहल रहेकाे बताउजु भयाे । उहाँले आफ्नाे प्यानलकाे सम्पूर्ण टिमलाई विजय गराउन हुन सम्पूर्णमा अनुराेध गर्नु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


