Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

औषधीको अनुगमनका लागि हामी कडा रूपमा अघि बढेका छौं : स्वास्थ्यमन्त्री बस्नेत


ग्लोबल पाना
आइतबार, पुस ८ २०८०
  • 251
    SHARES

  • images
    औषधीको अनुगमनका लागि हामी कडा रूपमा अघि बढेका छौं : स्वास्थ्यमन्त्री बस्नेत

    कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताएका छन्। पोखरामा आज आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उनले सार्वजनिक गरिएको सर्वेक्षणका आधारमा तीन तहको सरकार सहकार्य गरेर अघि बढ्ने बताएका हुन्।

    images
    images
    images

    “संघीयतापछि पनि काम गर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ”, मन्त्री बस्नेतले भने, “त्यसैले तीनै तहको सहकार्यमा अघि बढौँ भनेर यो कार्यक्रम अघि सारिएको हो।” मन्त्री बस्नेतले आवश्यकताका आधारमा छिट्टै स्थानीय तहलाई छात्रवृत्ति करारका डाक्टर र स्वास्थ्य सामग्री पठाउने बताए। सोही अवसरमा दुर्गम गाउँको मागअनुसार नयाँ दरबन्दी सिर्जनाका लागि तयारी गरिरहेको उनले सुनाए। कार्यक्रममा मन्त्री बस्नेतले औधषीको अनुगमनका लागि मन्त्रालय कडा रूपमा लागिपरेको बताए।

    “औषधीको अनुगमनका लागि हामी कडा रूपमा अघि बढेका छौँ,” मन्त्री बस्नेतले भने, “म आएपछि काठमाडौँमा अनुमगन गरेको कोही दर्ता नभएको कोही नवीकरण नगरेको, फर्मासिस्ट नभएको भटियो ।” अनुगमनपछि विस्तारै सुधार हुँदै आएको उनले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ