Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लागूऔषधसहित पोखराबाट २ जना पक्राउ


ग्लोबल पाना
आइतबार, पुस ८ २०८०
  • 285
    SHARES

  • images
    लागूऔषधसहित पोखराबाट २ जना पक्राउ

    पोखरा। कास्की प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति पोखरा-३२ लामेआहालबाट गाँजासहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-१ घर भई लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन्। उनको साथबाट साढे २ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

    images
    images
    images

    यस्तै, शुक्रबार साँझ पोखरा-२६ सिस्नेरीका २९ वर्षीय राजु भुजेल पक्राउ परेका थिए। उनको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १२र१२ एम्पुल बरामद भएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर लागूऔषध मुद्दामा अनुसन्धान बढाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ