Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 263
    SHARES

  • images
    नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

    काठमाडौं। देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औं वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेका छन्।

    images
    images
    images

    निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे। नबनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत रहँदै आएका छन्। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।

    सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, कोशी प्रदेश सञ्चालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश सञ्चालकमा शोभाकुमारी राउत, बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी, गण्डकी प्रदेश सञ्चालकमा गोपालप्रसाद गौतम, लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश सञ्चालकमा वीरबहादुर राउत भोटे र सुदूरपश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज पौडेल, लेखा सुपरीवेक्षण समितिमा हेमराज विष्ट र लेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ