Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 251
    SHARES

  • images
    नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला

    नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा जंगल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन्।

    images
    images
    images

    प्रनाउ पौडेलले स्थानीय खहरे जंगलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जंगलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए। “उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जंगलमा खोजतलासका लागि गएका थियौं”, उनले भने, “खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो।”

    प्रनाउ पौडेलकाअनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो। शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबा मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ