Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल बैंक लिमिटेडमा तिलकराज पाण्डेय


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 372
    SHARES

  • images
    नेपाल बैंक लिमिटेडमा तिलकराज पाण्डेय

    काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेयलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समिति बैठकले आगामी ४ वर्षको लागि पाण्डेयलाई सीईओमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि खाली रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।

    images
    images
    images

    अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि रेसमा थिइन् । तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका हुन् ।

    पाण्डेयले नेपाल बैंकमा रहँदा क्रेडिट विभाग र शाखा प्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । पाण्डेयसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव पनि छ ।

    सीईओको प्रतिस्पर्धाबाट सर्ट लिष्टमा परेका नेपाल राष्ट्र बैंककको कार्यकारी निर्देशक पदबाट अवकास पाएका अशोक पौडेल, बैंककै निमित्त सीईओ पन्तका साथै बैंकको डेपुटी सीईओ लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतमलाई पछि पार्दै पाण्डेयले नेपाल बैंकको सिईओमा बाजी मारेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ