Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 312
    SHARES

  • images
    बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

    सिन्धुली। सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध गरिएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन्।

    images
    images
    images

    स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन्। बसको ठक्करबाट खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ भने मृतक बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    बा प्र ०१-००६ ख ४५९३ नम्बरको बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ