Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवा शक्ति बाहिरिँदा मुलुकलाई क्षतिः मन्त्री साउद


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 309
    SHARES

  • images
    युवा शक्ति बाहिरिँदा मुलुकलाई क्षतिः मन्त्री साउद

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ ।

    images
    images
    images

    कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ । देशले विकास गर्ने समय त्यही नै हो । त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’ उनले भने, ‘त्यसकारण हाम्रो देशको विकास हुने समय पनि यही हो ।’

    एउटा बच्चालाई कस्तो बनाउने भन्ने कुरा विद्यालय, परिवार र समाजको हातमा हुने उल्लेख गर्दै मन्त्री साउदले क्षमतावान जनशक्ति समाजमा निर्माण गर्न सके राज्यको काममा पनि परिणाम राम्रो हुने बताए ।

    ‘अहिलेको नयाँ पुस्ताको प्रवेश कर्मचारीतन्त्र र राज्य व्यवस्थामा जरुरी छ’ उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ