काठमाडौं । स्वदेश फाउण्डेशन नेपालको आयोजनामा आज निःशुल्क स्वास्थ्य शिविरको गरिएको छ । स्वदेश सेढाईको २७ औं जन्म जयन्तिको अवसरमा राजधानीको लिच्छवीकालीन मन्दिर टुँडालदेवी मन्दिर परिसरमा बालुवाटार ४ नं वडामा वडाका वडाध्यक्ष दिनेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साधारण चिकित्सा र मानसिक रोग सम्बन्धी उपचारमा करिव ७० जना सेवाग्राहीले उपचार सेवा लिएका थिए ।
प्रमुख अतिथी वडाध्यक्ष दिनेश महर्जनले पानसमा द्धीप प्रज्वलन गरि शुभारम्भ गर्नु कार्यक्रम पछि संस्थाका आजीवन सदस्य तथा सल्लाहकार ९५ वर्षीय जेष्ठ नागरिक श्री कीर्तनकृष्ण भटटराईले स्वर्गीय स्वदेश सेढाई तस्वीरमा माल्यार्पण गरि स्वर्गीय स्वदेश सेढाई आत्माको शिर शान्तिको कामना गर्नु भएको थियो ।
कार्यक्रममा आफनो शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष महर्जनले स्वदेश फाउण्डेशन नेपालले मानसिक रोग र आत्महत्या रोकथामको उदेश्य लिएर जसरी अघि बढेको छ त्यो आफैमा सकारात्मक रहेको बताउँदै यो संस्थाले स्वर्गीय स्वदेश सेढाईको जन्म दिनको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गरेर जुन परोपकारी कार्यको शुभारम्भ गरेको छ त्यसका लागि संस्थालाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै स्वदेश फाउण्डेशन नेपालका संस्थापक सदस्य तथा सल्लाहकार तथा कृष्ण प्रणामी युवा परिषदका पुर्व केन्द्रीय अध्यक्ष नमराज ढकालले स्वदेश फाउण्डेशन नेपालले विश्व संगै नेपालमा बढदै गएको आत्महत्या र मानसिक रोगको रोकथाममा लागि जुन प्रयास अघि बढाएको छ त्यो आफैमा स्वागतयोग्य रहेको बताउँदै शारीरकि र मानसिक रुपमा स्वस्थ्य रहेको व्यत्किलै समाजमा केही काम गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा आफनो भनाई राख्दै संस्थाकी अध्यक्ष गंगा देवी उप्रेतीले आफुले आफनो एकमात्र सन्तानलाई गुमाउँदाको पीडा सुनाउदै फ्रिजमा राखिएको खाना धरि निकालेर खान नजान्जे कलिला विद्यार्थी विदेशमा गएर पानीको भेलमा फँसे जस्तै त्यहाँ गएर विभिन्न समस्यामा पर्ने भएकाले इन्टरम्याडियेट पास गरेको विद्यार्थीहरुलाई विदेश पठाउन नहुने बताउँदै आफुले आफनो एकमात्र सन्तान गुमाएर जु न पीडा भोग्नु पर्यौ त्यो पीडा अरुले भोग्न् नपरोस भन्दै यो संस्था मानसिक रोग र आत्महत्या रोकथाममा लागि रहने बताउनु भयो ।
सो स्वास्थ्य शिविरमा अन्नपूर्ण न्युरो अस्पतालका साइक्रेयटिक चिकित्सक डा. आशिष ढकाल र कामपा वडा नं ३० की जनरल फिजिसियन डा. आरती शाह र काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका स्वास्थ्य कर्मीहरुको टोलीले विभिन्न रोग लागेका करिव सत्तरी जनालाई स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा संस्थाका सचिव तथा पत्रकार किशोर सेढाईले आनी छोइङ्ग डोल्माले गाउनु भएको स्पिरिचुयल गीत “फुलको आँखामा फुल्यै संसार “बोलका गीत प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा स्वदेश सेढाईको २७ औं जन्म जयन्तिको अवसरमा स्वदेश फाउण्डेशन नेपालले निर्माण गरेको स्वदेश सेढाईको जीवनमा आधारित एकटा बृत्त चित्र पनि प्रसारण गरिएका थियो । स्वर्गीय स्वदेश सेढाईको अष्ट्रेलियाको सिडनीस्थित युनिभर्सिटी अफ टेक्नोलजी सिडनीमा बीएसी कम्युटर साइन्समा तेर्सौ वर्षमा अनर्स गरि रहेकै अवस्थामा जुलाई १२, २०१९ मा स्वघातका कारण निधन भएको थियो । उनी काठमाडौंको बानेश्वरस्थित एभेरष्ट फल्योरिडाबाट आइसीको अध्ययन पुरा गरि उच्च शिक्षा अध्ययनका लागि माचर् २०१७ मा अष्ट्रेलियाको सिडनीस्थित युनिभर्सिटी अफ टेक्नोलजी सिडनीमा अध्ययन गर्न पुगेका थिए ।
सामुदायिक सेवा केन्द, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित सो निःशुल्क स्वास्थ्य शिविरमा टुडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्यापाने, नेपाल पत्रकार संघका सभापति तथा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मन्जुरत्न शाक्य, कामपा ४ नं वडाका पुर्व वडाध्यक्ष, मोहन बिष्ट, मालीगाउँ, प्रहरी बृत्तका प्र.ना.उ ( डी.एस.पी )ईन्द्र प्रसाद सुवेदी, पुर्व नायव महान्याधिवक्ता नरेन्द पाठक, गिभिङ्ग आशा नामक गैर संस्थाकी निर्देशक बेथ ब्रेअस्टर, च्युतराम भण्डारी संगीत प्रतिष्ठानका संरक्षक पं अच्युतराम भण्डारी, जेष्ठ नागरिक चौतारी, बिशाल मिलन केन्द्रका अध्यक्ष डिल्ली विक्रम बस्नेत, ऐक्यबद्धता मासिकका प्रधान सम्पादक तथा संस्थाका संस्थापक सदस्य नीलकण्ठ तिवारी, न्युजलाइन नेपालका निर्देशक राजु भटट , राष्ट्रीय अपाङ्ग संघका अध्यक्ष काजीलाल श्रेष्ठ , टुँडालदेवी सामुदायिक सेवा केन्द्रकी इन्चार्ज झन कुमारी कार्की, सुरक्षाकर्मी डम्बर शाह लगायत वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


