Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनएसएल : काठमाडौं र ललितपुर खेल्दै


ग्लोबल पाना
मंगलबार, पुस १० २०८०
  • 438
    SHARES

  • images
    एनएसएल : काठमाडौं र ललितपुर खेल्दै

    काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणमा तेस्रो भएको काठमाडौं रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुँदै छ । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बिहीबार हुने छ ।

    images
    images
    images

    जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

    त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो । त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् ।

    त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, वीरगन्ज युनाइटेड र स्पोर्टिंग इलामले ८९८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् । त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुँदै छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ