Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न


ग्लोबल पाना
मंगलबार, पुस १० २०८०
  • 297
    SHARES

  • images
    फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न

    काठमाडौं । सौन्दर्य क्षेत्रको उत्कृष्ठ सेवा दिंदै आएको व्युटिपार्लर फेसियल हाउसले १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।

    images
    images
    images

    यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति थियो ।

    समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काट्नुभइ कार्यक्रमको भव्य उद्घाटन गर्नुभएको थियो । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र ९डकुमेन्ट्री० प्रस्तुत गरिएको थियो ।

    डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्नुहुने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभयो भने बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो ।

    उहाँहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताउनुभएको थियो । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू पनि राम्रै गुञ्जेका थिए । यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहनुभएका हास्य कलाकारनद्वय राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि कार्यक्रम सञ्चालनका साथै समारोहलाई हाँसोमय बनाउँदै अघि बढाउनुभएको थियो । अवार्ड र सम्मान प्रदान फेसियल हाउसको १६औँ वार्षिकोत्सव समारोहमार्फत मन्त्री सिर्पालीको बाहुलीबाट स्टुडेन्ट र स्टाफ इन्करेज अवार्डका साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको छ ।

    जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित हुनुभएको छ । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राति सम्मानित हुनुभएको छ । यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ ।

    त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ । यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित हुनुभएको छ । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ ।

    फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ । यस्तै, समारोहमा विभिन्न व्यक्तिहरूलाई मायाको चिनो ‘टोकन अफ लभ’बाट सम्मान प्रकट गरिएको थियो । जस अनुसार राजनीतिक विश्लेषक प्रकाश रायमाझी, ओमन कमिटी यूएनआई यूएलआईकी भगवती थापा, एडभोकेट पुष्पराम पौड्याल, करुणाकर मल्लिक र आकृति रायमाझी, नेपाल ब्युटीसियन युनियनकी महासचिव शशी शाह, पार्टी प्यालेस संघका लिला जीसी, कर्पोरेट खबर डटकमकी बिजनेस डाइरेक्टर संगीता खत्री, ह्वाइट मिडिया प्रालिका म्युजिक भिडियो निर्देशक तथा सम्पादक शक्ति प्रज्वल घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    वार्षिकोत्सव समारोहलाई सिनोस, लिसाप, बोटोक्स नेपाल, एमआईकेटीएम ब्युटी केयर, मल्टी न्युट्रेशन प्रालि, नेल आर्ट ग्यालरी, हुन्छ डटकम, एलएलएफटी, ह्वाइट मिडिया र कर्पोरेट खबर डट कमले प्रायोजन गरेको थियो । महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ ।

    फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल ९एकेडेमीसहित०, चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् । यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ