Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय तहलाई अधिकार नदिने भए संघियता नै खारेज गर्नुपर्छ : नेता कोइराला


ग्लोबल पाना
मंगलबार, पुस १० २०८०
  • 389
    SHARES

  • images
    स्थानीय तहलाई अधिकार नदिने भए संघियता नै खारेज गर्नुपर्छ  : नेता कोइराला

    विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघियता नै खारेज गर्नुपर्ने बताएका छन् । मंगलबार मोरङको बुढीगंगा गाँउपालिका वडा नं. २ स्थित लिलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    उनले राजनैतिक दलका नेताहरुको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षता बारे जनताले आक्रोश व्यक्त गरिरहेको उल्लेख गरे । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको समेत बताए ।

    उनले उद्योगहरु बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र टं्रक लाइन विवाद बारे छिटो निक्र्र्याैलमा पुग्न आग्रह गरे ।

    बुढीगंगा गाँउपालिका वडा नंं २ मा २०६४ सालमा स्थापना गरिएको सो आधारभूत विद्यालयमा ३ सय दलित र सुुकुम्बासी परिवारका ३ सय ७५ जना बालबालिकाहरु अध्ययनरत छन ।

    बुढीगंगा गाँउपालिकाको करिब १८ लाख सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ