Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 310
    SHARES

  • images
    डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

    काठमाडौं । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेको ठहर गर्दै मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

    images
    images
    images

    प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईले पुर्याउनु भएको योदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका ‘पोलिस अफ द मन्थको रुपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ