Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा वनभोज कार्यक्रमको आयोजना


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 780
    SHARES

  • images
    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा वनभोज कार्यक्रमको आयोजना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा यही २०८० पुस २१ गते शनिबार टोका पार्क (भूतखेल) मा वनभोजको कार्यक्रम आयोजना गरेको छ ।

    images
    images
    images

    उक्त कार्यक्रममा गोरखाबाट काठमाडौँ आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय कमिटि, केन्द्रीय आयोग, केन्द्रीय निकाय, विभाग, विभिन्न जनवर्गीय भातृ सङ्गठन, विभिन्न जिल्ला कमिटिमा प्रतिनिधित्व गर्नुहुने कमरेडहरूका अतिरिक्त पार्टीलाई माया र शुभेच्छा प्रकट गर्ने आम गोरखालीहरू, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सिङ्गो गोरखा जिल्ला कमिटिलगायत गण्डकी प्रदेश सम्पर्क कमिटि, गण्डकी प्रदेशअन्तर्गतका सम्पर्क मञ्चहरू, गण्डकी प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेता तथा गोरखा–काठमाडौँ सम्पर्क मञ्चका सम्पूर्ण नेता, कार्यकर्ताको सहभागिता हुने वनभोज कार्यक्रमका संयोजक तथा सम्पर्क मञ्चका आर्थिक विभाग प्रमुख रञ्जन घिमिरेले बताउनुभयो ।

    यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सङ्गठनको सुदृढीकरण, विस्तार तथा पार्टी गतिविधिलाई थप क्रियाशील गर्ने उद्देश्यले वनभोज आयोजना गरिएको सम््रपर्क मञ्चका सचिव आकाश अर्यालले बताउनुभयो । कार्यक्रमलाई पार्टी सुदृढीकरणका अतिरिक्त गोरखालीहरुबिच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले बताउनुभयो ।

    उक्त बृहत् वनभोज कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने र वनभोजमा सहभागी हुनका निम्नि न्युन रकम तोकिएको वनभोज कार्यक्रमका संयोजक तथा आर्थिक विभाग प्रमुख रञ्जन घिमिरेले बताउनुभयो ।

    यसै गरी सम्पर्क मञ्चले वनभोजमा उपस्थितिका लागि गोरखा जिल्लाबाट केन्द्रीय कमिटि, विभाग, आयोग, प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरू तथा गोरखा जिल्ला कमिटिका पदाधिकारी, सदस्यलगायत जिम्मेवार नेता तथा कार्यकर्ता, गोरखाबाट काठमाडौँ आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय कमिटि, केन्द्रीय आयोग, केन्द्रीय निकाय, विभाग, विभिन्न जनवर्गीय भातृ सङ्गठन, विभिन्न जिल्ला कमिटिमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण शुभेच्छुक, सहयोगीलगायतलाई आमन्त्रण गरेको बताइएको छ ।

    वनभोजका निम्ति बिहान ८ः०० बजे सामाखुसी चोकबाट बसको व्यवस्था मिलाइएको समेत बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ