Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 319
    SHARES

  • images
    नेपाली सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

    काठमाडौं। नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले ३ पुसमा अवकास पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

    images
    images
    images

    सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी दिए । उनले बढुवा समितिले थापाको नाम रक्षा मन्त्रालयमा सिफारिस गरेको जानकारी सार्वजनिक सूचनामार्फत गराएको बताए।

    सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन्।

    उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन्।  थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पछि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो।

    थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ