Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री कप महिला टी- २०ः कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 380
    SHARES

  • images
    प्रधानमन्त्री कप महिला टी- २०ः कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

    काठमाडौं। जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। यस अघि सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो।

    यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ। यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ र सुदूरपश्चिमको प्लेअफको सम्भावना कायम रहेको छ।

    अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ