Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भूपरिवेष्ठित नेपालको वैदेशिक व्यापार चुनौतिपूर्ण : परराष्ट्र मन्त्री साउद


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 315
    SHARES

  • images
    भूपरिवेष्ठित नेपालको वैदेशिक व्यापार चुनौतिपूर्ण : परराष्ट्र मन्त्री साउद

    काठमाडौं । परराष्ट्र मन्त्री एन.पी. साउदले नेपाल भूपरिवेष्ठित मूलुक भएकै कारण वैदेशिक व्यापार चुनौतिपूर्ण रहेको बताएका छन् । बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले, नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण वैदेशिक व्यापार चुनौतिपूर्ण रहेको भन्दै चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आवद्धताले सहयोग पुग्ने बताए।

    images
    images
    images

    उनले भूपरिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाशसंग सम्बन्धित अनेकौं चुनौती हामीले सामना गरिरहेका छौं। यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आवद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुईमत छैन।’

    उनले बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन बिमस्टेक इपीजी गठन भएको बताए । उनले भने, ‘बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरुको समूह) गठन भएको छ।’

    बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि एक महत्वपूर्ण अवसर रहेको भन्दै आफ्नो मुलुक सदस्य रहेको सङ्गठनलाई कस्तो बनाउने र उक्त सङ्गठनमा कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको उनको भनाई छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ