Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निणर्य


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 444
    SHARES

  • images
    प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निणर्य

    काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निणर्य गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौती गर्ने निणर्य गरेको हो ।

    images
    images
    images

    उक्त दरबन्दीमा रहेकालाई कामकाजका लागि अन्य निकायमा पठाउने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयबाटै पुनर्संरचनाबाट सुरु भनेअनुरुपको निणर्य गरिएको उनले बताइन् ।

    त्यस्तै बैठकले आर्थिक बर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निणर्य गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले सिटिईभिटीको रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ