Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 402
    SHARES

  • images
    चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु

    बेइजिङ। चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परीक्षण गरेको छ। गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चीनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्। हालै परिक्षण गरिएको उपकरणले कोक ओभन ग्याँसलाई इथेनोलमा रूपान्तरण गर्न सक्छ। स्टील र पेट्रोकेमिकल उद्योगहरूको न्यून कार्बन विकासको लागि सम्भाव्य मार्ग प्रदान गर्ने जनाइएको छ।

    images
    images
    images

    चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत डालियान इन्स्टिच्युट अफ केमिकल फिजिक्स (डीआईसीपी) र शान्सी यान्चाङ पेट्रोलियम ग्रुप कम्पनि लिमिटेडले संयुक्त रूपमा विकास गरेको अत्याधुनिक प्रविधि अपनाएर उक्त उपकरण ट्यान्सिन टेक्नोलोजी कम्पनी लिमिटेडले निर्माण गरेको हो। हुवाइ बेई खनन समूह अन्तर्गत परेको छ।

    इथानोल एक उत्कृष्ट पेट्रोल एडिटिभ र एक महत्त्वपूणर् आधारभूत रसायन हो। यो मुख्यतया संयुक्त राज्य अमेरिका, ब्राजिल र अन्य देशमा मात्रै उत्पादन गरिदै आएको छ । कच्चा मालको रूपमा अनाज र उखु जस्ता बालीसहित इन्धन इथेनोलको रूपमा प्रयोग गरिन्छ।

    चीनको इथानोल बजारमा ठूलो माग रहेको अनुसन्धान टोलीका नेता लिउ झोङमिन, डिआइसीपीका निर्देशक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सदस्यले भने। उनले अगाडी भने कि सन २०२२ मा चीनमा इन्धन इथेनोलको अन्तर लगभग १० मिलियन टनको माग रहेको देखिएको थियो।

    अनुसन्धान टोलीले डाइमिथाइल ईथरको कार्बोनिलेसन र मिथाइल एसीटेटको हाइड्रोजनेशनद्वारा निरपेक्ष इथेनॉल उत्पादन गर्न कच्चा मालको रूपमा संश्लेषण ग्यास वा सिङ्गास प्रयोग गरी उन्नत प्रविधि डिएमटिइ विकास गरेको हो।

    टोलीले निरन्तर रूपमा प्रविधि र उत्प्रेरकलाई अपग्रेड गरेको छ र प्रतिक्रिया प्रक्रियालाई अप्टिमाइज गरेको छ । ठूला-ठूला औद्योगीकरणको लागि ठोस आधार तयार पारेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ