Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बालकुमारी घटनाबारे रवि लामिछानेको प्रतिक्रिया : दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्ने बनाइदिए


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 222
    SHARES

  • images
    बालकुमारी घटनाबारे रवि लामिछानेको प्रतिक्रिया : दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्ने बनाइदिए

    काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनाले गृह मन्त्रालयको असक्षमता फेरि एकपटक उदांगो भएको प्रतिक्रिया दिएका छन् । बालकुमारीमा शुक्रबार प्रहरीको लाठीचार्जबाट दुई जनाको प्रदर्शनकारीको ज्यान गएको घटनामा आफू मर्माहत भएको लामिछानेले बताएका छन् ।

    images
    images
    images

    कोरियामा रोजगारीका लागि आवदेन दिन नपाएर आक्रोशित बनेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गर्नुका साथै गाडीमा आगजनीसमेत गरेका थिए । घटनामा प्रहरीको पिटाइबाट दुईजनाको ज्यान गएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै सभापति लामिछानेले भनेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए ।’

    हेर्नुहोस् लामिछानेको प्रतिक्रिया

    आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ। दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् । आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ ।

    घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना ।

    गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ