Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

'न्यू इयर इभ ठमेल सडक महोत्सव' हुँदै


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 311
    SHARES

  • images
    'न्यू इयर इभ ठमेल सडक महोत्सव' हुँदै

    काठमाडौं । विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा “न्यू इयर इभ ठमेल सडक महोत्सवू कार्यक्रम हुने भएको छ।

    images
    images
    images

    अग्रेजी नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगतका आगामी पौष १५ गते ९३१ डिसेम्बर २०२३० आइतबार साँझ ५स्३० बजे ठमेल त्रिदेवी मार्ग कर्मचारी सञ्चयकोष भवन अगाडी “न्यू इयर इभ ठमेल सडक महोत्सवू कार्यक्रम हुने भएको हो।

    परिषद्का अनुसार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख उपस्थितिमा ठमेल महोत्सव आयोजना गर्न लागिएको हो । शुभकामना आदान प्रदान , र विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गरि २०२३ लाई विदा गरी २०२४ लाई स्वागत गर्ने परिषद्ले जनाएको छ ।

    परिषद्का अनुसार राती १२:३० बजे कार्यक्रम समापन हुनेछ । ठमेल आफैमा एउटा मौलिक पर्यटकिय गन्तव्य स्थल हो । ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्व सन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा रहेको परिषदले जनाएको छ ।

    परिषदका अनुसार प्रमुख अतिथि, विभिन्न सरकारी निकायहरु, र पर्यटन क्षेत्रसँग सम्वन्धित संघ संस्थालाई यस आयोजनामा निमन्त्रणा गरिएको छ । अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको र सिजन सुरु भएपनि गत वर्षको जस्तो पर्यटकहरुको चहलपहल नरहेको बताउँदै उनले भने, ‘कसरी यस्तो भयो हामी पनि छक्क परिरहेका छौं ।

    अहिले सेप्टेम्बरको अन्त्य पुगिसकेका छौं, तरपनि गत वर्षको जति पनि अकुपेन्सी छैन् । गत वर्ष यतिखेरी करिब ७० प्रतिशतको अकुपेन्सी थियो । अहिले ५० प्रतिशत पनि अकुपेन्सी छैन् ।’ अहिले ठमेलमा बाटो पिच गर्ने काम भइरहेको छ । हामीले विद्युत प्राधिकरणसँग सहकार्य गरेर ठमेलका पुराना पोलहरु निकालिरहेका छौं, आजको दिनसम्म करिब करिब २४ वटा जति पोलहरु निकालि सकेको बताए ।

    ​ठमेलका घरधनी र व्यवसायीहरुलाई कार्यक्रमलाई सफल बनाउनको लागि कार्यक्रममा सहभागी हुन परिषदले आग्रह गरेको छ। साथै सडक सम्म आफ्ना वस्तु तथा सेवाको प्रदर्शन गरी भव्य बनाउनका लागि अनुरोध गरेको छ। कार्यक्रममा सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई मजबुद बनाइएको परिषदले जनाएको छ ।

    ठमेलभित्रको तारलाई व्यवस्थापन र बाटो मर्मतलाई उच्च प्राथमिकता दिएको परिषद्ले काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभिको व्यवस्थाले यस पटक ठमेल भित्र स्वतन्त्र र भव्यताका साथ स्वस्थ मनोरञ्जन लिई नयाँ वर्षलाई स्वागत गरी भव्य कार्यक्रममा सहभागी हुन सबै उपत्यकाबासीलईअनुरोध गरेको छ ।

    कार्यक्रममा देशका विशिष्ट व्यक्तित्वहरुको सहभागीतामा साथै ठमेल भर कार्यक्रम हुने हुँदा व्यक्तिको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भएकाले बाहिरबाट ठमेल भित्रिने सवारी साधनले बैकल्पिक बाटो प्रयोग गरेर सहयोग गरिदिन समेत परिषदले आग्रह गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ