Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्ण : मुख्य सचिव अर्याल


ग्लोबल पाना
मंगलबार, पुस १७ २०८०
  • 520
    SHARES

  • images
    नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्ण : मुख्य सचिव अर्याल

    काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले तथ्यांकको प्रयोग नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा आयोजित तथ्यांक दिवस कार्यक्रम २०८० का अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘तथ्यांकको प्रयोग कसरी गर्छौं भन्ने मुख्य कुरा हो । तथ्यांकलाई नीति निर्माणमा कसरी प्रयोग गछौं भन्ने कुरा अझ महत्वपूणर् हो’ अर्यालले भने, ‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन । प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

    images
    images
    images

    विगतमा जिल्लागत तथ्यांक निकालेर काम गरिरहेको भन्दै उनले संघीयतामा गइसकेपछि स्थानीय तहगत तथ्यांक आवश्यक हुने बताए । तथ्यांकको सही प्रयोग गर्न जान्दा नीति र नियमहरु पनि प्रभावकारी हुने अर्यालले बताए । २०७८ मा गरेको जनगणनाको पूणर् प्रतिवेदन अझै प्रकाशित गर्न सकेका छैनौं । तर, त्यो प्रतिवेदन सार्वजनिक नहुँदै प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको प्रोफाइल बनाएका छन् । त्यसरी प्रोफइल बनाउँदा २०७८ सालमा निकालिएको तथ्यांकभन्दा त्यो डाटा फरक भइसक्यो । कतिपय कुरामा समन्वय भएन’ उनले भने ।

    तथ्यांक नियमावली अन्तिम चरणमा रहेको जानकारी दिंदै उनले त्यसले काम गर्न सजिलो हुने बताए । ‘धेरै कामहरु भएका छन्’ मुख्यसचिव अर्यालले भने, ‘धेरै गर्न बाँकी छन् ।  तथ्यांकलाई भरपर्दो बनाउन अझै सबैजनाले लाग्नुपर्ने देखिन्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ