Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान


ग्लोबल पाना
शुक्रबार, पुस २० २०८०
  • 358
    SHARES

  • images
    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो।

    images
    images
    images

    आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ।

    दरखास्त सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ। दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ ।

    त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको थियो। बास्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ