Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुगरका बिरामीले के खाने/ के नखाने ? जानी राखौ


ग्लोबल पाना
शुक्रबार, पुस २० २०८०
  • 488
    SHARES

  • images
    सुगरका बिरामीले के खाने/ के नखाने ? जानी राखौ

    काठमाडौं । मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ ।मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हो ।

    images
    images
    images

    मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन । यसैगरी, मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानीकारक छ ।

    तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन ९डाल्डा, नौनी घ्यू, क्रिम, तर, पुरी, समोसा, चप, पिजा, सेल, फिनी, अर्सा, अनर्सा आदि खानु हँुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन । मधुमेहीलाई केही खाने कुरा निश्चित परिमाणमा खादाँ खासै असर गर्दैन । कम खान हुने अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ आदि पर्दछन् ।

    यसैगरी, चिउरा, भुजा ९मुरै०, कर्नफ्लेक्स, चाउमिन आदि खान नहुने अन्नअन्तर्गत नै पर्दछ । गेडागुडी ९दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि० पनि कम खाँदा हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ ।

    मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन् । पेय पदार्थमा चिनी तथा घ्यू नभएका ९चिया, कफी, सुप० लिन सकिन्छ ।

    मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । स्याक्रिन चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन । तर, मधुमेहसँगै अन्य समस्या पनि भए खानामा हेरफेर गर्नुपर्ने हुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ