Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छः मुख्यमन्त्री शाह


ग्लोबल पाना
आइतबार, पुस २२ २०८०
  • 408
    SHARES

  • images
    सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छः मुख्यमन्त्री शाह

    डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने, “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन”, मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।”

    images
    images
    images

    मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नुहुन्छ ।” उनले प्रदेश संरचना जनताका लागि र जनताले चाहेर निर्माण भएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ