Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कोरोना संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन


ग्लोबल पाना
बुधबार, पुस २५ २०८०
  • 319
    SHARES

  • images
    कोरोना संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

    काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड-१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन्।

    images
    images
    images

    नेपालमा पहिलोपटक सोमबार सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो। साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरेका छन्।

    मन्त्रालयले संक्रमण दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ