Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त


ग्लोबल पाना
शुक्रबार, पुस २७ २०८०
  • 342
    SHARES

  • images
    १८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

    काठमाडौं। एशियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुँदै छ। एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन्। अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो। अब आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन्।

    images
    images
    images

    यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिदै छ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन्। त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ।

    सहभागी २४ देशलाई ६ समुहमा बिभाजन गरिएको छ। जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन्।

    एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन्। त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन्।

    त्यसैगरी समूह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समूह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, कीर्गिस्तान र ओमान रहेका छन्।

    एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ। यो खेल नेपाली समय अनुसार रति ९ : ४५ बजेदेखि शुरु हुने छ।

    अहिलेसम्म एएफसी एशियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो। त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ।

    त्यस्तै दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए।

    अहिलेसम्म युएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ