पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी वरपाण्डे थुम कैलाश स्थित शान्ति उदय माबिको ६४ औं बार्षिकोत्सव तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ। कार्यक्रमको कास्की क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्दै सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुदैन भन्ने भास्य परिवर्तन गर्नु जरूरी रहेको वताइन् ।
विद्यार्थी संख्या कम छ भन्ने आधारमा विद्यालय कमजोर छ भन्न नहुनेमा उनको जोड थियो । विद्यालय राम्रो बनाउने काममा सबै पक्षको समान भूमिका हुने भन्दै उनले विद्यालय कस्तो बनाउने भन्ने स्थानीय तहलाई अभिभारारहेकाले त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताइन् ।
गण्डकी प्रदेश सभा सदस्य भीम बहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धी जनशक्ति उत्पादन अहिलेको चुनौती भएको भन्दै दक्ष जनशक्ति उत्पादनका योजना र आबश्यक नीति निर्माणमा आफूहरू हरहमेशा लागिरहने उल्लेख गरे।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज आचार्य, प्रधानाध्यापक टेकनारायण गिरी ,पूर्ब प्रधानाध्यापक कमलप्रसाद आचार्य, साबिक भरत पोखरी गा बि स पूर्ब अध्यक्ष यज्ञप्रसाद अधिकारी,पूर्ब उपाध्यक्ष मनोहर आचार्य, पूर्ब विद्यार्थी मञ्चका अध्यक्ष मोति भुजेल सहितले मन्तव्य व्यक्त गरेका थिए। सोही अवसरमा मेगा बैकको बित्तीय सहयोगमा बिद्यालय हातामा नबनिर्मित सरस्वती मन्दिरको प्रमुख अतिथी भट्टराईले उद्घाटन गरिन् ।
बार्षिकोत्सब कार्यक्रममा शैक्षिक सहित विभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थीहरूलाई पुरष्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने बिद्यार्थीहरूले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटी र सञ्चालन शिक्षक देबराज शर्माले गरेका शिक्षक बेदनाथ आचार्यले जानकारी दिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


