Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बैंकको सानो सहयोगले संस्थाको परोपकारी कार्यलाई थप टेवा पुग्छ : निर्देशक पौडेल


ग्लोबल पाना
शनिबार, माघ ६ २०८०
  • 437
    SHARES

  • images
    बैंकको सानो सहयोगले संस्थाको परोपकारी कार्यलाई थप टेवा पुग्छ : निर्देशक पौडेल

    काठमाण्डौ । कृषि विकास बैंक लि. द्धारा आफनो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत २ भिन्न संस्थाहरुलाइ आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेको छ । काठमाण्डौको गुहेश्वरीमा अवस्थीत बाल सारथी एकेडमी जसमा अभिभावकको संरक्षकत्व नपाएका हाल ७० जना सडक वालवालिकाहरुलाई  अध्यापन गराईन्छ । 

    images
    images
    images

    सो विद्यालयका छात्र छात्राहरुको लागी आवश्यक पुस्तक तथा कापी लगायतका शैक्षिक सामाग्रीहरु सोही विद्यालयमा आयाजित एक कार्यक्रममा कृषि विकास बैंकको वाग्मती प्रदेश कार्यालयका निर्देशक गिरीधारी पौडेल तथा बैकको शाखा गौशलाका प्रवन्धक एव अन्य कर्मचारीहरु, सो संस्थाका अध्यक्ष डा माला शर्मा, संस्थाका सल्लाहकार पुर्व सचिव आत्माराम पाण्डे समेतको रोहवरमा हस्तान्तरण गरियो ।

    कार्यक्रममा विद्यालयकी अध्यक्षद्धारा विद्यालयको कार्यक्रम र संचलनवारे जानकारी गराउनु भएको थियो भने पूर्व सचिव एंव संस्थाका सल्लाहकार आत्माराम पाण्डेले समाजमा सहयोग गर्नु पर्ने वर्गलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनु भएको थियो ।

    त्यसै गरी बैंकका वाग्मती प्रदेश निर्देशक गिरीधारी पौडेलले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा नेपालको पूर्व मेचि देखि महाकालि सम्मका यस्तै सामाजिक सेवामुलक कार्यत्रममा सहयोग गर्दै आइरहेको र यी वेसहारा वालवालिकामा बैंकको सानो सहयोगले संस्थाको परोपकारी कार्यलाई थप टेवा पुगोस र यी वच्चा तथा यसमा खट्नु हुने शिक्षक शिक्षिका सवैको प्रगतीको लागी शुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रम संचालन बैंकका शाखा प्रमुख मधुसुधन खकुरेलले गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ