Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बी एण्ड बी अस्पतालद्वारा पत्रकारलाई औषधि तथा उपचारमा छुट


ग्लोबल पाना
शुक्रबार, मंसिर १६ २०७९
  • 298
    SHARES

  • images
    बी एण्ड बी अस्पतालद्वारा पत्रकारलाई औषधि तथा उपचारमा छुट

    काठमाडौं । पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।

    images
    images
    images

    हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन् । “सन् १९८२ मा बेलायतबाट एमबिबिएस सकेर आएपछि रु १५/१६ सयमा नोकरीबाट सुरु गरेको डाक्टर हुँ, रुएक अर्ब ५० करोडको ऋण लिएर अस्पतालका संरचना बनाएका छौंँ । नियमअनुसार कर तिरेको छु ।” अस्पतालका संस्थापक जगदीशलाल वैद्यले भने, “भूकम्पको समयमा पाँच सयवटा शल्यक्रिया निःशुल्क २४ घण्टा कार्य गरेका छौँ, सरकारद्वारा कुनै सहयोग नहुँदा पनि हामी देशमा केही गर्नुपर्छ भनी लागेका छौँ ।

    “यो सम्झौता आजदेखि २४ महिनासम्म लागू हुनेछ, पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका छ जनासम्मलाई रु १५ लाखसम्मको उपचारमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ”, प्रमुख प्रशासक भट्टराईले भने, “नेपालमा हुने उपचारमा पत्रकार महासङ्घको सदस्यलाई हामी सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराउँछौँ, नेपालमा ल्याब टेष्ट हुन नसक्ने उपचारमा भने हामीले लागतअनुसार नै सेवा दिनेछौँ ।” महासङ्घ शाखाका अध्यक्ष न्यौपानेले स्वास्थ्य सुविधा महङ्गो हुँदै गएको अवस्थामा यो सहुलियत महत्त्वपूर्ण हुने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ