Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

खानुहोस् खाली पेटमा अदुवाको जुस, फाइदै फाइदा


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 412
    SHARES

  • images
    खानुहोस् खाली पेटमा अदुवाको जुस, फाइदै फाइदा

    काठमाडौं। मानिसहरु अहिले आफ्नो जीवन सुधार्ने प्रयासमा यति व्यस्त छन् कि उनीहरु आफ्नो स्वास्थ्यमा ध्यान दिन असमर्थ छन्। न त उनीहरू व्यायाम वा योगका लागि समय निकाल्न सक्छन्, न त समयमै खाना खान सक्छन् । अक्सर, तनाव र चिन्ताको कारण, अधिकांश मानिसहरू अनिद्राबाट ग्रस्त हुन्छन्, यस्तो अवस्थामा उनीहरूको सम्पूणर् दैनिक दिनचर्या प्रभावित हुन्छ। यो बिग्रिएको जीवनशैलीको नतिजा हो कि अहिले मानिसहरु सानै उमेरमा धेरै गम्भीर रोगहरुको सिकार भइरहेका छन् ।

    images
    images
    images

    यी सबै समस्याबाट बच्ने एउटा सजिलो उपाय हो ‘अदुवा’। हरेक भान्सामा पाइने अदुवामा एन्टि-इन्फ्लेमेटरी गुण मात्र नभएर यसमा ४०० भन्दा बढी प्राकृतिक यौगिकहरू पनि पाइन्छ जसले शरीरका धेरै समस्याहरूलाई कम गर्छ। आयुर्वेदका अनुसार बिहान खाली पेटमा अदुवाको रस पिउनु स्वास्थ्यका लागि ‘अमृत’ मानिन्छ । त्यसैले अदुवा फाइदाजनक हुन्छ

    अदुवामा जिंजरोल नामक महत्त्वपूणर् प्राकृतिक यौगिक हुन्छ। यसले पाचन प्रक्रियालाई बढाउँछ, जसले गर्दा खाना चाँडै पच्छ। यसका साथै अदुवाले कब्जियतको समस्यालाई पनि हटाउँछ । यो आन्द्राको सूजन कम गर्न पनि उपयोगी छ।

    अदुवाको सेवनले गठिया र मांसपेशी दुखाइ पनि कम गर्छ। अदुवा एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, यसले अक्सिडेटिभ तनाव नियन्त्रण गर्न मद्दत गर्छ। अनिद्राको समस्या पनि यसबाट हट्छ । यसले शरीरका कोशिकाहरूलाई हुने क्षतिलाई पनि कम गर्छ।

    खाली पेटमा अदुवाको रस पिउनुका फाइदाहरुः

    खानामा अदुवा राख्नुका साथै बिहान खाली पेटमा अदुवाको रस पिउनु निकै फाइदाजनक हुन्छ । तर, तपाईंले अदुवाको जुस गिलास भरेर पिउनु पर्दैन, यसको दुई चम्चा मात्र पर्याप्त हुन्छ ।

    पाचन बलियो हुनेछः बिहान खाली पेटमा अदुवाको रस पिउनाले पाचन इन्जाइमको उत्पादनलाई गति दिन्छ। जसले गर्दा तपाईको पाचन प्रक्रियामा सुधार हुन्छ । यसले तपाईलाई अपच, कब्जियत, पेट सुन्निने जस्ता धेरै समस्याबाट मुक्ति मिल्छ।

    रोग प्रतिरोधात्मक क्षमता बढ्छः अदुवामा धेरै एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। बिहान खाली पेटमा अदुवाको रस पिउनाले धेरै संक्रमण र रोगबाट बचाउँछ ।

    वजन घटाउन उपयोगीः अदुवाको रस तपाईको तौल घटाउने यात्रामा सहयोगी हुन सक्छ। यो पिउनाले तपाईंको मेटाबोलिज्ममा सुधार गर्छ, जसले शरीरमा बोसो जम्मा हुनबाट रोक्छ। यसले तपाईको भोक नियन्त्रण गर्छ।

    रक्त शर्करा नियन्त्रण गर्नेछः बिग्रिएको जीवनशैली, गलत खानपान र तनावका कारण सानै उमेरमा मानिसहरु मधुमेहको सिकार हुन थालेका छन् । अदुवाको रसले तपाईंलाई यो समस्याबाट छुटकारा दिन सक्छ। अदुवाले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अनुसन्धानले देखाएको छ । बिहान खाली पेटमा अदुवाको रस पिउनाले मधुमेहको खतरा कम हुन्छ ।

    गठिया र जोर्नी दुखाइ कम हुनेछः अदुवाको रसले गठिया र जोर्नी दुखाइबाट राहत दिन्छ। यसमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले शरीरमा पुरानो सुन्निएको, दुखाइ आदि कम गर्छ। यसले तपाईका धेरै पुराना समस्याहरू हटाउन सक्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ