Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विद्यार्थीको क्षमता वृद्धिको लागि माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 363
    SHARES

  • images
    विद्यार्थीको क्षमता वृद्धिको लागि माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

    काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्याण्डबक्स लाई प्रायोजन गरेको हो ।

    images
    images
    images

    कलेजले एसएक्ससी स्याण्डबक्स अन्तर्गत आइटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा  प्रविधि सम्बन्धी  कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।

    डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्याण्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले  आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इन्नोभेशन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ । जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ ।

    सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ