Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गृहमन्त्री श्रेष्‍ठ र नाडा प्रतिनिधिहरु बीच भेटघाट


ग्लोबल पाना
बुधबार, माघ १७ २०८०
  • 315
    SHARES

  • images
    गृहमन्त्री श्रेष्‍ठ र नाडा प्रतिनिधिहरु बीच भेटघाट

    काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट  खाशगरी नेपालको मालवाहक सवारी साधनहरुको विक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै भारतिय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरेका छन् । 

    images
    images
    images

    यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको बताए । यसले एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेकोले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गर्नु भयो । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराए । 

    छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ