काठमाडौं । माघ २१ गते आइतवार चिल्ड्रेन ह्यावन विद्यालयल टोखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । भोली आइतवार हुने यस निशुल्क स्वास्थ्य शिविर चिल्ड्रेन ह्यावन विद्यालयमा विहान १० वजेबाट सन्चालन हुने विद्यालयका अध्यक्ष विनाेद पोखरेलले बताउनु भयो ।
अध्यक्ष पाेखरेले टोखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताउदै उहाँले सम्पूर्ण अभिभावक, स्कूल परिवार, छिमेकी, टोल सुधार समिति तथा सम्पूर्णलाई यस शिविरमा आइ आफ्नो स्वास्थ्य परिक्षण गर्नु हुन सम्पूर्णलाई निमन्त्रणा समेत गर्नु भएको छ । नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर गर्न लागेको पोखरेलले बताउनु भयो ।
चिल्ड्रेन ह्यावन विद्यालयल टोखाको आयोजनामा भएको यस निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक सहितको टोली आइ स्वास्थ्य जाँच परिक्षण गरिने छ ।
थप जानकारीको लागि
चिल्ड्रेन ह्यवन विद्यालय
टोखा नगरपालिका वडा नं. ८, इन्द्रेणीपुल वाँनियाटार काठमाडौं
फोन नं. : ०१५१५८३७४
.gif)




 x 450 (H) Global Pana.jpeg)


