Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मेसी खेल मैदान नउत्रिएपछि हङकङका हजारौं फ्यानहरू निराश


ग्लोबल पाना
सोमबार, माघ २२ २०८०
  • 313
    SHARES

  • images
    मेसी खेल मैदान नउत्रिएपछि हङकङका हजारौं फ्यानहरू निराश

    काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतबार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेल मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन्। इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो।

    images
    images
    images

    गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो। सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो। तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए।

    फ्यानहरुको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरुलाई स्पष्टिकरण दिनुपर्ने माग भइरहेको छ। यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन्। जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए। आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पुर्ब जानकारी नभएको बताएको छ।

    यसले आयोजक र फ्यानहरु दुवैलाई निराश बनाएको जनाएको छ। यता इन्टर मियामीका प्रशिक्षक जेराडऱ्ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन्।

    मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए । सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ