Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बेलायतका ७५ वर्षका राजा चार्ल्सलाई क्यान्सर


ग्लोबल पाना
मंगलबार, माघ २३ २०८०
  • 363
    SHARES

  • images
    बेलायतका ७५ वर्षका राजा चार्ल्सलाई क्यान्सर

    काठमाडौं । बेलायतको बकिङ्घम दरबारले राजा चार्ल्सलाई क्यान्सर भएको जानकारी दिएको छ । राजा चार्ल्सले हालै प्रोस्टेट बढेको उपचार गराइरहेका बेला गरिएको जाँचमा यो कुरा प्रकाशमा आएको हो । यो कुन प्रकारको क्यान्सर हो भन्ने कुरा भने खुलाइएको छैन । तर यो प्रोस्टेट क्यान्सर होइन। बकिङ्घम प्यालेसले राजा चार्ल्सको सोमबारदेखि नियमित उपचार सुरु गरेको र उपचारका क्रममा सार्वजनिक जिम्मेवारीबाट टाढा रहने जनाएको छ । राजा चार्ल्स ७५ वर्षका छन् ।

    images
    images
    images

    बकिङ्घम प्यालेसको एक विज्ञप्ति अनुसार राजा चार्ल्स उपचारको बारेमा पूर्ण रूपमा सकारात्मक छन् र सकेसम्म चाँडो आफ्नो सार्वजनिक जिम्मेवारीमा फर्कनेछन्। राजा चार्ल्सलाई कुन स्टेजको क्यान्सर भयो भन्ने जानकारी दिइएको छैन । राजा चार्ल्स आफैले आफ्ना दुई छोरा प्रिन्स ह्यारी र प्रिन्स विलियमलाई यो रोगको बारेमा बताइसकेका छन्। प्रिन्स अफ वेल्स विलियम आफ्ना पितासँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । ड्युक अफ ससेक्स राजकुमार ह्यारी अमेरिकामा बस्छन्। ह्यारीले आफ्नो बुबासँग कुरा गरिसकेका छन् र आगामी दिनहरूमा उनी आफ्नो बुबालाई भेट्न बेलायत आउनेछन्। राजा चार्ल्स सोमबार नोर्फोकबाट लन्डन फर्केका थिए।

    बकिङ्घम प्यालेसले राजा चार्ल्सलाई ‘आउटप्यासेन्ट’को रूपमा व्यवहार गरिने जनाएको छ। यसको मतलब उनी अस्पतालमा भर्ना भएर उपचार गराउने छैनन् । यद्यपि, राजा चार्ल्सले सार्वजनिक समारोहमा भाग लिने छैनन्। उनले सरकार प्रमुखको हैसियतमा संवैधानिक दायित्व निर्वाह गरिरहनेछन् । यसमा कागजी कार्य र व्यक्तिगत बैठकहरू पनि समावेश हुनेछन्। यदि डाक्टरहरूले दूरी कायम राख्न सल्लाह दिएनन् भने, राजा चार्ल्सको प्रधानमन्त्री ऋषि सुनकसँग साप्ताहिक भेटघाट जारी रहनेछ। ऋषि सुनकले पनि राजा चार्ल्सको स्वास्थ्यलाभको लागि प्रार्थना गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘राजा चार्ल्स पूर्ण शक्तिका साथ छिट्टै फर्कनेछन् भन्नेमा मलाई कुनै शंका छैन र मलाई थाहा छ सम्पूणर् देश उनको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छ ।’

    राजाले आफ्नो आधिकारिक जिम्मेवारी पूरा गर्न नसकेमा त्यसको लागि संविधानमा व्यवस्था छ । यदि यस्तो भयो भने, यो जिम्मेवारी राजाको स्थानमा राज्यका सल्लाहकारहरूलाई दिन सकिन्छ। हाल रानी क्यामिला, प्रिन्स विलियम, राजकुमारी रोयल र प्रिन्स एडवर्ड यसमा सामेल छन्। राजा चार्ल्सका पूर्व सल्लाहकार जुलियन पेनले बीबीसीलाई भने- राजाले मानिसहरूलाई भेट्न नपाउँदा धेरै निराश हुनेछन्।

    राजा चार्ल्सलाई क्यान्सर भएको खबर बेलायती अखबारको पहिलो पृष्ठमा छ। राजतन्त्रको विरोध गर्ने समूह ‘रिपब्लिक’ले पनि राजा चार्ल्सको स्वास्थ्य लाभको कामना गरेको छ । यो समूहले विगतमा राजा चार्ल्सको आलोचना गर्दै आएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस सम्बन्धमा बकिङ्घम प्यालेसलाई पत्र लेख्ने बताएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि राजा चार्ल्सलाई क्यान्सर भएको विषयमा राजा चार्ल्सको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पोस्ट लेखेका छन् । बाइडेनका छोराको ४६ वर्षको उमेरमा ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो । बीबीसीका मेडिकल सम्पादक फर्गस वाल्शका अनुसार बेलायतमा हरेक दिन एक हजार मानिसलाई क्यान्सर भएको पत्ता लाग्ने गरेको छ । उमेर पनि क्यान्सरको लागि महत्त्वपूणर् जोखिम कारक हो। Dc

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ