Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता


ग्लोबल पाना
आइतबार, मंसिर १८ २०७९
  • 217
    SHARES

  • images
    ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । पाँच-पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

    “अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो”, उनले भने, “सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छौँ ।” सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताए ।

    उनले भने, “स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ