Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति  कास्कीको  बाल क्लबहरूसंग अन्तरसम्बाद 


ग्लोबल पाना
मंगलबार, माघ २३ २०८०
  • 566
    SHARES

  • images
    जिल्ला समन्वय समिति  कास्कीको  बाल क्लबहरूसंग अन्तरसम्बाद 

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरू सग अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान, ऎन ,कानुनले ब्यबस्था गरेका बिषयको  ब्यबहारिक  कार्यान्वयनमा देखिएका अप्ठ्यारा हटाउन स्थानीय तह र सेवा प्रबाह गर्ने सरकारी निकाय संबेदनसिल र जवाफदेहि हुनुपर्ने भन्दै  गुनासाको समयानुकूल तत्काल ब्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो।

    images
    images
    images

    पौडेलले बालबालिकाका सरोकारका बिषय भोलिको राष्ट्रको भबिष्यसग जोडिएको हुँदा सबै  स्थानिय तहहरू हरेक दृष्टिकोणबाट बालमैत्री हुनै पर्ने उल्लेख गर्नुभयो । उहाँले  संविधानले बालबालिकाका बिषयमा सुनिश्चित गरेका सबै हक कुनै पनि बहानामा उल्लंघन हुन नहुने भन्दै  विभिन्न भेदभाव ,अपहेलना र मानव अधिकार उल्लंघनका घटना भएमा तत्काल एक्सन टिम निर्माण गरि अघि बढन पालिकाहरूलाइ आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले  आफ्ना कर्तव्य र दायित्व ख्याल गर्दै  हक अधिकारको पक्षमा वकालत गर्नुपर्ने भन्दै बाल बालिकाको सम्बन्धमा बनेका ऎन, कानुन र नीति नियमको कार्यान्वयनमा राज्य र  समाजका सबै निकायहरू  आ आफ्नो क्षेत्रमा क्रियाशिल हुनुपर्ने बताउनुभयो । 

    कास्कीका सबै स्थानिय तह सहित सम्पूर्ण सरोकारवाला र  सेवा प्रवाह गर्ने निकाय बालमैत्री बनाउन प्रयास भएको घिमिरेले  जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेशका बाल समन्वय अधिकृत बद्री प्रसाद वाग्ले ,श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकाल, इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका  अधिकृत टंक प्रसाद खनाल, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, बाल संजाल कास्कीका अध्यक्ष  समिक्षा लामिछाने,  जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका अधिकृत प्रकाश बन्धु अर्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा जिल्ला समन्वय कास्कीका पदाधिकारी, सदस्य, कास्कीस्थित बालबालिकाको क्षेत्रमा काम गर्ने  विभिन्न कार्यालयका प्रमुख, राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश, बालहितकारी परियोजना नेपाल, राइट फर चिल्ड्रेन, नौलो घुम्ती नेपाल, गोनेशा   लगायत विभिन्न गैर सरकारी संघ संस्थाहरू सहित बाल क्लबमा पदाधिकारी  एबम सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

     जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,उप प्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ