Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न


ग्लोबल पाना
मंगलबार, फागुन १ २०८०
  • 450
    SHARES

  • images
    बीवाइडीद्धारा प्रायोजित ‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

    काठमाडौं । बीवाईडीले प्रायोजन गरेको नेपाल-चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्नभएको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर-२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५-१ गोल अन्तरले हराउँदै विजयी भएको छ ।

    images
    images
    images

    चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयूक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो । चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्वले बिभिन्न गीत प्रस्तुत गरेको थियो ।

    साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा चीनका राजदुत चेन सङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको साइमेक्स इंक प्रा.लि.ले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ