Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तनहुँ आँबुखैरेनीमा जीप दुर्घटना, १ जनाको मृत्यु, ७ घाइते


ग्लोबल पाना
आइतबार, फागुन ६ २०८०
  • 390
    SHARES

  • images
    तनहुँ आँबुखैरेनीमा जीप दुर्घटना, १ जनाको  मृत्यु, ७ घाइते

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

    images
    images
    images

    गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना-५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना-६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका-२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका-३ बस्ने ३० वर्षीय पूणर् गुरुङ घाइते भएका छन् ।

    घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूणर् गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ