Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदै


ग्लोबल पाना
सोमबार, फागुन ७ २०८०
  • 286
    SHARES

  • images
    ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदै

    विराटनगर । ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदै छ । इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको फाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी र इलाम, रोङको दीपेन्द्रशिखर एफसी उपाधिका लागि भिड्दैछन् ।

    images
    images
    images

    शनिबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङले सप्तरीको नमोबुद्धलाई १-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले झापाको बिर्तामोड युनाइटेडलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

    प्रतियोगितामा पाँचथर एफसी, इलामको दीपेन्द्र शिखर,सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड लगायत टिमकोसहभागिता थियो । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ