Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मोरङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


ग्लोबल पाना
बुधबार, फागुन ९ २०८०
  • 340
    SHARES

  • images
    मोरङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो ।

    मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ