Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आईसीसी विश्वकप लिग टू मा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै


ग्लोबल पाना
आइतबार, फागुन १३ २०८०
  • 326
    SHARES

  • images
    आईसीसी विश्वकप लिग टू मा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ ।

    images
    images
    images

    नामिबिया पनि सहभागि यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जीतको नतिजा निकालेको थियो । जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो ।

    नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो । आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजिमा हुने छ ।

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चारवटा एक दिवसीय क्रिकेट भएका छन् । जसमा दुवै टिमले समान दुई /दुई जित निकालेका छन् । ४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान पक्का गर्ने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ