Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकारितालाई समय सुहाउँदो कानुन आवश्यक : उपसभामुख राना


ग्लोबल पाना
शुक्रबार, फागुन १८ २०८०
  • 318
    SHARES

  • images
    पत्रकारितालाई समय सुहाउँदो कानुन आवश्यक : उपसभामुख राना

    काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यवसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुन आवश्यक रहेको बताएकी छन् । सरकारले ल्याउन लागेको सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र आमसञ्चारसम्बन्धी विधेयकलाई केन्द्रित गरेर भक्तपुरको नगरकोटमा आयोजित छलफलमा उपसभामुख रानाले संविधानले नै प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै कानुन निर्माणका क्रममा जनप्रतिनिधिले ख्याल गर्नुपर्ने बताइन् ।

    images
    images
    images

    देशमा प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनमा पत्रकारिता क्षेत्रले महत्त्वपूणर् भूमिका खेलेको भन्दै रानाले संविधानले गरेको व्यवस्थाबमोजिम स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, गोपनियताको हक सुनिश्चित हुनेगरि मिडियासम्बन्धी कानुनहरू बनाउनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले नै ग्यारेन्टी गरेको भन्दै राज्यले कानुन बनाएर बाध्न खोजे पनि प्रविधिको विकासले हनन गर्न सम्भव नभएको बताइन् । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, देशको परिवेश र प्रविधिको विकासलाई समेटेर कानुन बनाउनुपर्ने उनको सुझाव थियो ।

    इन्टर पार्लियामेन्ट युनियन (आइपीयु)को मानवअधिकार कार्यक्रम म्यानेजर रोगिर हुइजेन्गाले अभिव्यक्ति स्वतन्त्रता मानवअधिकारको आधारभूत विषय भएको बताए । नेपालको अभिव्यक्ति स्वतन्त्रता कानुन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन आईपीयूले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

    युनेस्कोले आयोजना गरेको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको अधिकार र पत्रकारहरूको सुरक्षा विषय कार्यक्रममा संघीय संसदका २० भन्दा बढी सांसद उपस्थित छन् । कार्यक्रममा युनेस्कोका अभिव्यक्ति स्वतन्त्रता विज्ञ गुइलहर्मे कनेलाले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी र क्षेत्रीय स्तर र अभ्यासबारे प्रस्तुति दिएका थिए भने नेपालको सन्दर्भमा सन्तोष सिग्देलले प्रकाश पारेका थिए ।

    कार्यक्रममा आयरल्यान्डका सांसद जेम्स ललेस, अन्तर्राष्ट्रिय विज्ञ प्रोफेसर जोन बाराटाले पनि अभिव्यक्ति स्वतन्त्रता, सञ्चार कानुनसम्बन्धी प्रस्तुति दिने कार्यतालिका छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ