Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बाराका साह नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा चयन


ग्लोबल पाना
शनिबार, फागुन १९ २०८०
  • 454
    SHARES

  • images
    बाराका साह  नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा चयन

    बर्दिवास । नेपाल कुस्ती संघ मधेस प्रदेशको अध्यक्षमा बाराका रमेश कुमार साह चयन हुनुभएको छ । मधेस प्रदेशको महोत्तरीको बर्दिबासमा आज भएको कुस्ती सङ्घको भेलाले साहको अध्यक्षतामा पहिलो पटक ११ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।

    images
    images
    images

    जसको उपाध्यक्ष सबिउल शेख, सचिव पारस यादव, सह-सचिव शिवशंकर यादव, कोषाध्यक्ष पिन्टु रौनियार सदस्य बिजय गीरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दिपक यादव, राजकिशोर मन्डल गरि ११ सदस्यीय गठन भएको छ भने अध्यक्ष साहले जानकारी दिनुभयो । कुस्ती बिकासको लागि चाहिने राम्रो व्यवस्थापक, खेलको लागि राम्रो कब्डहल, मैट, खेलाडिको लागि चाहिने आवश्यक सामाग्री छैन, आज ठुला नेताको अवकाश भए पछि राज्यले ब्यवस्थापन गर्छ तर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने खेलाडिलाई राज्य व्यवस्थापन नगर्नु धेरै ठूलो बिडम्बना हो ।

    आफ्नो कार्यकालमा मधेस प्रदेशका ८ वटै जिल्लामा कुस्ती खेलको विकास र विस्तारमा जोड दिने निर्वाचित अध्यक्ष साहले बताउनुभयो । प्रदेशका सबै जिल्लामा कुस्ती खेलाडी उत्पादन गर्ने आफ्नो मुख्य योजना रहेको उहाँले बताउनुभयो ।

    नेपाल कुस्ती संघमा बिगत केही बर्ष अगाडि बिवाद उत्पन भएको थियो त्यो विवाद अहिले साम्य भएको केन्द्रिय उपाध्यक्ष मुकेश साहले बताए । नेपालमा २०४४ सालमा कुस्ती संघ गठन भएपनि मधेस प्रदेशमा पहिलो पटक संघ गठन भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ